२० मंसिर २०७९, मंगलबार

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १९ लाख नाघ्यो

लेखाजोखा न्यूज

४ भाद्र २०७७, बिहिबार ७:२९

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड १९ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १९ लाख ८९ हजार तीन सय ६६ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या सात लाख ७५ हजार आठ सय ९३ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

अमेरिकामा संक्रमतिको संख्या ५३ लाख ९३ हजार एक सय ३८ र ब्राजिलमा ३३ लाख ५९ हजार पाँच सय ७० पुगेको डब्लूएचओले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई सय १६ देशमा फैलिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend