१३ मंसिर २०७९, मंगलबार

भारत र अफगानिास्तानका विदेशमन्त्रीबीच फोनवार्ता

लेखाजोखा न्यूज

४ भाद्र २०७७, बिहिबार ५:३०

नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकर र अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री एम हानिफ अतमारबीच बुधबार फोनमा कुराकानी भएको छ ।

उनीहरुबीच बुधबार फोनवार्ता भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिएका हुन् ।

विदेशमन्त्री जयशंकरले ट्वीटरमा आफूले अफगानिस्तानका विदेशमन्त्री हानिफसँग कुराकानी गरेको र सो फोनवार्ता उत्पादनमूलक भएको बताएका छन् । त्यस अवसरमा आफूले विदेशमन्त्री हानिफमार्फत अफगानिस्तानको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेको जानकारी दिएका हुन् ।

उनीहरुले अफगानिस्तानमा हालै विकास भएको राजनीतिक परिस्थितिका बारेमा पनि कुराकानी गरेको बताइएको छ । अफगानिस्तानमा अहिले यहाँका तालिबानहरु र सरकारबीच वार्ताको तयारी भइरहेको छ । सो वार्ताका क्रममा त्यस विषयमा पनि कुराकानी भएको बताइएको छ ।

उनीहरुबीच भारत र अफगानिस्तानका उच्च नेताहरुबीच भएको कुराकानीको एक दिनपछि बुधबार फोन वार्ता भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीलाई मंगलबार फोन गरेका थिए । त्यस वार्ताका क्रममा पनि अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend