१३ मंसिर २०७९, मंगलबार

यसरी बन्दैछ फेसबुक जनस्वास्थ्यका लागि ‘खतरा’

लेखाजोखा न्यूज

४ भाद्र २०७७, बिहिबार ६:३३

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा गत वर्ष स्वास्थ्यका बारेमा तीन अर्ब ८० लाख पटक जनस्वास्थ्यका बारेमा गलत जानकारी देखिएको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका दौरान फेसबुकमा गलत जानकारी दिने क्रम झनै तीव्र देखिएको अध्ययनले जनाएको छ ।

अध्ययन प्रतिवेदन तयार गर्ने शोधकर्ताहरुको समूह ‘आवाज’ ले फेसबुक जनस्वास्थ्यका लागि ‘ठूलो खतरा’ भएको दाबी गरेका छन् । चिकित्सकहरुले सोशल नेटवर्क साइट (सामाजिक सञ्जाल) मा कोरोनाविरुद्धको भ्याक्सिनका बारेमा आउने गलत जानकारी कारण भ्याक्सिन तयार भएपछि भ्याक्सिन लगाउनको संख्या सीमित हुने चिन्ता व्यक्त गरेका छन् ।

तर, फेसबुकले ‘आवाज’ को अध्ययन प्रतिवेदनमा आफूले गलत सूचना रोकथामका लागि उठाएको कदमका बारेमा केही उल्लेख नगरिएको प्रतिक्रिया दिएको छ ।

फेसबुकले बयान जारी गर्दै भनेको छ, “गलत जानकारीहरु सीमित गर्ने ‘आवाज’ को लक्ष्यमा हामी साथै छौं । फ्याक्ट चेकिङ गर्ने वैश्विक नेटवर्कका कारण अप्रिलदेखि जुन महिनाका बीचमा कोभिड–१९ सँग सम्बनिधत नौ करोड ८० लाख गलत जानकारीहरु विरुद्ध हामीले चेतावनी जारी गरेका छौं । मानव स्वास्थ्यलाई हानी पु¥याउन सक्ने ७० लाख कन्टेन्ट (सामग्री) हटाएका छौं ।”

फेसबुकले भनेको छ, “हामीले दुई अर्बभन्दा बढी मानिसहरुलाई स्वास्थ्य अधिकारीहरुसँग जोडेका छौं र यदि कसैले कोभिड–१९ का बारेमा कुनै लिंक शेयर गर्ने प्रयास गर्दा हामीले उनीहरुलाई एक ‘पप–अप’ देखाउँछौं , जसको उदेश्य भनेको उनीहरु विश्वास गर्न योग्य स्वास्थ्य सम्बन्धीमात्रै जानकारी देउन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend