वाशिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिशेल ओबामाले लगाएको हार अहिले सामाजिक सञ्जाल र अमेरिकी समुदायमाझ भाइरल भएको छ ।
नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि जो बाइडेनलाई औपचारिक रुपमा डेमोक्रेटिक उमेदवार घोषणा गर्नका लागि सुरु भएको राष्ट्रिय सम्मेलनलाई पूर्व प्रथम महिला मेशेल ओबामाले सोमबार सम्बोधन गरेकी थिइन् ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिशेलले एक हार लगाएकी थिइन् । उक्त हारमा डिजाइनमा अंग्रेजीमा ‘भोट’ (VOTE) लेखिएको थियो ।
उनले सम्बोधनका क्रममा पनि कयौं पटक जो बाइडेनलाई भोट गर्न अपिलसमेत गरेकी थिइन् ।
मिशेलले आफूले डिजाइन गरेको हार लगाएको देखेर डिजाइनर खुसीले रोएकी सीएनएनले जनाएको छ ।
मिशेल ओबामाले लगाएको हारको माग गर्नेहरु अहिले बढेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत मेशेलले लगाएको हारको प्रशंसा गर्दा आफूलाई पनि त्यस्तै लगाउन मन भएको प्रतिक्रिया दिएका छन् ।