२० मंसिर २०७९, मंगलबार

प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्ष नियुक्तीसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ५:२१

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवाहक अध्यक्ष परिवर्तन गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवाहक अध्यक्ष परिवर्तन गर्ने निर्णयको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

गत सोमबारको मन्त्रिपरिषदको बैठकले काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो । सो निर्णयले प्रेस स्वतन्त्रता कमजोर भएको भन्दै चेतनाथ धमलाले सोमबार नै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो आदेशले हाल कार्यरत कार्यवाहक अध्यक्षलाई काम गर्न रोक नलाग्‍ने भएको छ।

सो आदेश आएलगत्तै सत्तारुढ दल नेकपाकै विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकारको गलत निर्णयलाई सर्वोच्चले गैरकानुनी ठहर गरेको टिप्पणी गरेका छन्।

‘जम्मा ४२ दिन अवधि बॉकी रहेको बेलामा प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई अपमानजनक रूपमा हटाउने सरकारको अविवेकी र हदै दर्जाको निकृष्ट निर्णयलाई सम्मानित सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको छ,’ उनले भनेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई भण्डारीलाई नियुक्त गरेको थियो । सो नियुक्तिको कानुनी बैधानिकतामाथि प्रश्न उठाउँदै अदालतमा रिट दायर गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend