२० मंसिर २०७९, मंगलबार

कोरोनाबाट थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १२०

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ४:४४

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न छ जिल्लामा छ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा कोरोना भाइरसबाट काठमाडौं र बर्दियामा एक–एक पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक–एक महिलाको मृत्यु भएको बताए ।

उनका अनुसार हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend