२२ मंसिर २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ६८१ कोरोना संक्रमित थप, १२० जना डिस्चार्ज

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ४:२६

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका छ सय ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार छ सय ८१ संक्रमित फेला परेका जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा छ सय ८१ संक्रमित थपिएका जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या २८ हजार नौ सय ३८ पुगेको छ ।

उनले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट एक सय २० जना डिस्चार्ज भएका पनि बताए । प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म देशभर १७ हजार सात सय जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा पाँच लाख ५४ हजार तीन सय ८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend