५ असोज २०७८, मंगलबार

कोरोना कहरकाबीच देशका विभिन्न शक्तिपीठमा मनाइयो जनै पूर्णिमा (फोटोफिचर)

लेखाजोखा न्यूज
६ भाद्र २०७८, आइतबार १४:५५

काठमाडौं । जनै पूर्णिमाको अवसरमा देशका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको निकै चहलपहल देखिएको छ ।

कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि काठमाडौंको पशुपतिनाथ सहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ ।

आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाईले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार