२० मंसिर २०७९, मंगलबार

चिनियाँ कम्पनीले भन्यो– आगामी डिसेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सिन बजारमा ल्याउँछौं

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ७:५९

बेइजिङ । चीनको फार्मा कम्पनी सिनोफर्मले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको भ्याक्सिन उत्पादन गरिसक्ने बताएको छ ।

सिनोफर्मका चेयरम्यान –अध्यक्ष) लिउ जिङझेनले आगामी डिसेम्बरसम्म भ्याक्सिन बजारमा आउने आशा गरिएको बताएका छन् ।

उनकाअनुसार भ्याक्सिनको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको छ । परीक्षण स्वरुप अध्यक्ष लिउले समेत उक्त भ्याक्सिन आफूले प्रयोग गरेका छन् ।

उनले चिनियाँ सरकारी सञ्चार माध्यम ‘ग्लोबल टाइम्स’ सँग अहिलेसम्म भ्याक्सिनको कुनै पनि ‘साइड इफेक्ट’ महसुस नगरिएको पनि बताएका छन् ।

चीनको बेइजिङ र वुहान सहरमा रहेका वर्कसपले वर्षेनी क्रमशः १०.२ करोड र १० करोड भ्याक्सिन उत्पादन हुन सक्ने बताइएको छ । यो भ्याक्सिनका दुई डोजको मूल्य एक् हजार युआन अर्थात झण्डै १० हजार सात सय भारतीय रुपैयाँ पर्ने बीबीसीले जनाएको छ ।

अहिले विश्वभर झण्डै दुई सय कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चलिरहेको छ । जसमध्ये २० भन्दा बढी भ्याक्सिन ह्युमन ट्रायल (मानव परीक्षण) का लागि तयार हुने अवस्थामा पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend