१३ मंसिर २०७९, मंगलबार

राष्ट्रकवि घिमिरेको अन्त्यष्टी आज १० बजे

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ७:००

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे हुने भएको छ ।

मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएका राष्ट्रकवि घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ ।

राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो ।

घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुन् ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका अन्य गीत पनि लोकप्रिय छन् । ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी), ‘आजै र राति के देखेँ सपना’ (नारायणगोपाल)ले गाएका गीतका रचनाकार घिमिरे नै हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend