२० मंसिर २०७९, मंगलबार

बर्दियामा कोरोनाबाट पहिलो मृत्यु

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ८:५६

नेपालगञ्ज । बाँकेमा उपचारका क्रममा मृत्यु भएका बर्दियाका एक ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार मृत्यु भएका बर्दियाको मधुवन नगरपालिका– ९ का ७८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उनको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको थियो । सोमबार अस्पताल भर्ना भएको ती पुरुषको कोरोना परिक्षणका लागि सोमबार नै स्वाब लिइएको थियो । उनी निमोनिया र मधुमेहका विरामी भएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

बर्दियामा कोरोना संक्रमणबाट मृत्युु हुने उनी पहिलो व्यक्ति हुन् । कोहलपुर मेडिकल कलेजमा यसअघि मृत्यु भएका चार जनामा कोरोना पुष्टि भइसकेको छ । बाँकेका दुई तथा कैलाली र अछामका एक÷एक जनाको कोरोनाबाट अस्पतालमा मृत्युु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend