२० मंसिर २०७९, मंगलबार

काठमाडौं उपत्यका भोलिदेखि एक साताका लागि निषेधाज्ञा

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ८:०१

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि भोलि बुधबार राति १२ बजेदेखि लागु हुने गरी एक सातासम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो । सोही अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले लकडाउनको निर्णय गरेको हो ।

मंगलबार काठमाडौं उपत्यकामा २०५ कोरोना संक्रमित थपिएका छन् भने देशभर एक हजार १६ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । हालसम्म देशभर मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend