२२ मंसिर २०८०, शुक्रबार

राष्ट्रकवि घिमिरेप्रति कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ७:४९

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत स्टाटस लेख्दै राष्ट्रकविप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दै दु:ख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, “राष्ट्रकविप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्‍जली ! राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खवरले मर्माहित भएको छु । उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ । उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको छ ।”

राष्ट्रकवि घिमिरेको मंगलबार अपरान्ह ५:५५ बजे उनकै निजी निवासमा निधन भएको हो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend