५ असोज २०७८, मंगलबार

भिडियो खिचेको आरोपमा युट्युबर पक्राउ

लेखाजोखा न्यूज
४ भाद्र २०७८, शुक्रबार १९:००

विर्तामोड । व्यक्तिगत गोपनियताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की रहेका छन् ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय, अनारमनीले एक होटलमा खाजा खाइरहेका वेला पक्राउ गरेको हो । उनिहरुलाई कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग पक्राउ गरिएको हो । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।

१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार