२२ मंसिर २०८०, शुक्रबार

बेल्जियम–ईयू, पाकिस्तान र जर्मनीका लागि राजदूतमा सिफारिस

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ५:३१

काठमाडौं । सरकारले विभिन्न मुलुकका लागि तीन जना राजदूत नियुक्तीका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेल्जियम–ईयू, पाकिस्तान र जर्मनीका लागि राजदूत नियुक्तीका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा भएको छलफलमा बेल्जियम र युरोपियन युनियन, पाकिस्तान र जर्मनीका लागि तीन जना राजदूत नियुक्तका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

उनका अनुसार बेल्जियम र ईयूका लागि गहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend