२० मंसिर २०७९, मंगलबार

काठमाडौंमा उपत्यकामा थपिए २०५ कोरोना संक्रमित

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ५:२०

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौंमा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भक्तपुरमा १७, ललितपुर ५० र काठमाडौंमा १३८ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ददेशैभर १ हजार १६ जना संक्रमित थपिएका छन् ।

देशभर कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

त्यसैगरी थप ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend