२० मंसिर २०७९, मंगलबार

राष्ट्रिय झण्डा जलाएको भिडियो खिच्‍ने एकजना पक्राउ

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ४:४६

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने ‘क्यामेराम्यान’ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनी भिडियोका ‘क्यामेराम्यान’ हुन् । यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

सोमबार एक युट्युव च्यानलमार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ।

झण्डा जलाएको भिडियोको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो । उक्त म्युजिक भिडियो मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा छायांकन गरेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend