२० मंसिर २०७९, मंगलबार

एकै दिन एक हजारभन्दा बढी कोरोना संक्रमित थप

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ४:३१

काठमाडौं । नेपालमा एकै दिन एक हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक हजार १६ संक्रमित फेला परेका जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च एक हजार १६ संक्रमित थपिएका जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या २८ हजार दुई ५७ पुगेको छ ।

उनले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका पनि बताए । प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म देशभर १७ हजार पाँच सय ८० जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार पाँच सय ६३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा पाँच लाख ८२ हजार आठ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend