५ असोज २०७८, मंगलबार

गलत सूचना राख्नेविरुद्व ट्वीटरमा उजुरी गर्न पाइने

लेखाजोखा न्यूज
४ भाद्र २०७८, शुक्रबार १०:३४

काठमाडौं। ट्वीटरमा गलत सूचना राख्नेविरुद्व अब उजुरी गर्न पाइने भएको छ ।

गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

विशेष गरेर राजनीति, जनस्वास्थ्यलगायत विषयमा आउने गलत सूचनालाई ट्वीटरले न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताइएको छ । गलत सूचना राख्ने ह्यान्डल बन्द गर्नेसम्मको तयारी भएको जनाइएको छ ।

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ ।

अन्य देशहरुमा पनि यो सुविधा विस्तार गर्दै लैजाने तयारी भइरहेको ट्वीटरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार