२२ मंसिर २०८०, शुक्रबार

कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

लेखाजोखा न्यूज

३२ साउन २०७८, सोमबार ५:५१

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकारेका छन् । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको भन्दै कानूूनी छिद्रलाई देखाई पन्छन नपाइने बताएका छन् सर्वाेत्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताएका छन् ।

नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट पारेका छन् ।

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले कतिपय खेलमा नियुुक्त गरिएका रेफ्री(निर्णायक) नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ? भनी प्रश्न गर्दै सर्वाेत्तमसम्बन्धी विषय पनि यस्तै होइन र भनी जिज्ञासा राखेका थिए ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए । मुुलुुकमा शेयरको कारोवार गर्ने ९७ निकाय रहेकामा ८० प्रतिशत कारोवार उपत्यकामै रहेका ५० कम्पनीबाट हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend