२० मंसिर २०७९, मंगलबार

प्रहरी र भैंसी व्यापारीबीच झडप, १२ राउन्ड हवाई फायर

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ७:०५

काठमाडौं । रौतहटको राजपुर नगरपालिकामा भैंसी व्यापारी र प्रहरीबीच झडप भएको छ । अन्तर्राष्ट्रिय नाका सिल गरेको अवस्थामा अवैध रुपमा भैंसी नेपाल भित्र्याउने समूह र प्रहरीबीचको झडपमा १२ राउन्ड हवाइ फायर भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि विगत पाँच महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय सीमा नाक सिल गरिएको छ । तर, नाका सिल रहेकै अवस्थामा सीमा पारीबाट ठूलो संख्यामा भैंसी ल्याइन लागेको सूचना पाउना साथ नियन्त्रणका लागि गएको गएको प्रहरी र तस्करहरुबीच बिहीबार झडप भएको होे ।

भारतसँग जोडिएका औरैया र रामपुर खापको चोर बाटो भएर व्यापारीहरुले ५८ वटा भैंसी नेपाल भित्र्याएर राजपुर नगरपालिकाको कुडिया बजारमा राखेका थिए ।

कुडिया बजार नेपाल–भारत सीमा क्षेत्रभन्दा झण्डै पाँच किलोमिटर उत्तरमा रहेको छ । कुडिया बजार पु¥याइएका भैंसी–राँगा काठमाडौं, पोखरालगायतका सहरहरुमा पठाइने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend