२० मंसिर २०७९, मंगलबार

लम्कीमा चट्याङ लागेर बालिकाको मृत्यु

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ६:४९

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जंगलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित सांगा चोक नजिकै चट्याङ पर्दा १३ वर्षीया अञ्जु शाहीको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

चट्याङ लागेर उनीसँगै रहेकी लम्कीचुहाकै १४ वर्षीया भावना शर्मा घाइते भएकी छन् । उनको हात र खुट्टामा गम्भीर चोट लागेको छ । घाइते भावनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend