२० मंसिर २०७९, मंगलबार

आजदेखि बुटवलमा लकडाउन

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ५:५५

बुटवल । बुटवल उपमहानगर क्षेत्रभित्र आज (बिहीबार) देखि लकडाउन गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले बिहीबारदेखि आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

निर्णय राति पौने १२ बजेदेखि भदौ ५ गते पौने १२ बजेसम्म लागु हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । निर्णयअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् ।

दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ । लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ ।

उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend