२० मंसिर २०७९, मंगलबार

राम मन्दिर भूमि पूजनमा सरिक महन्तमा कोरोना संक्रमण, मोदीले लिएका थिए आशिर्वाद

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ५:४६

नयाँ दिल्ली । अयोध्यामा केही दिअघि सम्पन्न राम मन्दिर भूमि पूजन समारोहमा सहभागी ‘श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट’ का अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोनाको संक्रमण देखिएको छ ।

मथुराको मेदान्त अस्पतालमा उपचाररत महन्त गोपाल दासको स्वास्थ्य अवस्था चिन्ताजनक छ । समाचार एजेन्सी एएनआईका अनुसार महन्त गोपाल दासमा कोरोना संक्रमण देखिएपछि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

उनले मथुराका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) र मेदान्ता अस्पतालका डाक्टर त्रेहानसँग टेलिफोनमा कुराकानी गरेर महन्त गोपाल दासका लागि सम्भव रहेका सबै चिकित्सकीय सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ ।

कृष्ण जन्माष्टमीभन्दा अगावै महन्त नृत्य गोपाल दास मंगलवार बेलुकी मथुराको सीता–राम आश्रम पुगेका थिए । यसअघि उनी अयोध्यामा सम्पन्न राम मन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा महन्त प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी र राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवतका साथ मञ्चमा उपस्थित थिए ।

-बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend