१३ मंसिर २०७९, मंगलबार

न्यायाधीशलाई नै कोरोना भएपछि अत्यावश्यकबाहेकका सेवा रोक्न सर्वोच्चलाई बारको आग्रह

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ५:२१

काठमाडौं । नेपाल बार एसोसियसनले सर्वोच्च अदालतलाई विभिन्‍न अदालतका न्यायाधीशहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्न आग्रह गरेको छ ।

नेपाल बारले बिहीबार सर्वोच्च अदालतलाई एक पत्र लेख्दै भदौ १ देखि १५ दिनसम्मका लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम गर्नुपर्ने कामबाहेक अन्य सेवा प्रवाह तथा मुद्दाका सुनवाइ स्थगित गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतलगायत धेरै जिल्ला तथा उच्च अदालतहरुमा पनि संक्रमणको असर परिरहेको, केही माननीय न्यायाधीशज्यहरु नै संक्रमीत भएको, केही कर्मचारी, सवारी चालक, पिएसओ समेत संक्रमण भई सम्बद्ध माननीय न्यायाधीशज्यहरु होम क्‍वारेन्टाइन र आइसोलेसनमा रहनु भएको जानकारी विभिन्न माध्यमबाट आएको, उपत्यकामा नै केहि कानून व्यवसायी र नीजका परिवारका सदस्यमा समेत संक्रमण देखा परेको, अदालतका म्याद सूचना तामेल गर्न जाने कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएकोले १५ दि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्न उपयुक्त देखिएको हुँदा सोही बमोजिम गर्दा आग्रह गरिन्छ ।”

यसअघि प्रदेश २ का न्यायाधीशरुलाई कोरोना संक्रमण देखिएको थियो । सरकारले बिहीबारदेखि लागु हुने पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । त्यसैगरी सवारी साधन पनि सरकारी नम्बर प्लेटबाहेकका सवारी नचालउन निर्देशन दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ । बिहीबारमात्रै ५२५ कोरोना संक्रमित थपिएका भने हालसम्म मृत्यु हुनेको संख्या ९५ पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend