८ असोज २०८०, सोमबार

ओलीसँगको छलफल सकेर नेपाल पक्षका केन्द्रीय सदस्यको भेलामा प्रचण्ड

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ४:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रदेशस्तरीय भेलामा सहभागी भएका छन् ।

काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा पाँच नम्बर प्रदेशका प्रचण्ड-माधवकुमार नेपाल गुटका उपलब्ध केन्द्रीय सदस्यहरूको भेला भएको छ । केन्द्रीय सदस्यहरुसँग पार्टीका शीर्ष नेताहरुको समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

बुधबार गण्डकी प्रदेशस्तरीय यस्तै भेलाको आयोजना भएको थियो । हिजोको भेलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । बिहीबारको भेलामा पनि चारैजना शीर्ष नेता सहभागी हुने बताइएको छ ।

९ दिनपछि बुधबार प्रचण्ड र ओलीबीच भेट भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend