१३ मंसिर २०७९, मंगलबार

५२५ कोरोना संक्रमित थपिए, चारजनाको मृत्यु

लेखाजोखा न्यूज

२९ साउन २०७७, बिहिबार ४:३०

काठमाडौं । नोभेल कोरोना भाइरसका ५२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ८३७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर १४ हजार ७६९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । आज थप चार जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend