काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि नयाँ बिन्दुमा पुगेर छलफल सकिएको बताइएको छ ।
दुई अध्यक्षबीच केही दिनको अन्तरालपछि भएको छलफल सकारात्मक रुपमा अघि बढेको र समाधानउन्मुख भएको बताइएको छ ।
“आज समाधानउन्मुख छलफल भएको छ,” प्रचण्ड निकट एक नेताले भने, “थप छलफल जारी राख्ने सहमति पनि भएको छ ।”
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजेबाट सुरु भएको सो छलफल साढे दुई बजे सकिएको थियो ।
दुई अध्यक्षसहित नेकपाका दुई खेमाबीचको विवाद सुल्झाउने सम्बन्धमा नेताहरु सहमतिनजिक पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुधबार एपी वन टेलिभिजनको टकशोमा आफूहरुले पाँच दिनभित्रै विवाद सुल्झाउने दाबी गरेका थिए ।
यसअघि साउन २१ गते प्रचण्ड पक्षधरले गोप्य पत्रकार भेला बोलाएपछि ओलीसँगको संवादमा शून्यता छाएको थियो । असार १० गतेबाट जारी स्थायी कमिटी बैठकको बीचमा प्रधानमन्त्री ओलीको राजीनामाको एजेण्डा प्रवेश गरेपछि विवादले नयाँ मोड लिएको हो ।
पार्टीभित्र ९ दिनदेखि संवाद शून्य, ओली भन्छन् – पाँच दिनमा पार्टीको ‘सिनेरियो’ फेरिन्छ
पार्टीभित्र ९ दिनदेखि संवाद शून्य, ओली भन्छन् – पाँच दिनमा पार्टीको ‘सिनेरियो’ फेरिन्छ