६ असोज २०७८, बुधबार

माधव नेपाल पक्षको बैठकमा के–के छलफल भयो ?

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार २२:२१

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरूबारे छलफल भएको छ ।

छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रकृयामा सहभागि सदस्यहरुले जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए ।

छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त भएको पनि उनको भनाइ छ । यस्तै पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट बताएका थिए ।

उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार