५ असोज २०७८, मंगलबार

यूएनएफपिएद्वारा ८०० थान सिलिण्डर प्रदान

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १९:०४

सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले आज रु एक करोड १९ लाख मूल्य बराबरको ८०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरका हुन् ।

निर्देशक डा टिङ्करीले यसअघि कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नुपरेको उल्लेख गर्दै कोषले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले तेस्रो लहरको समाना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार