५ असोज २०७८, मंगलबार

पूर्वमाओवादी नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १८:५४

काठमाडौं। सर्वोच्च अदालतले पूर्वमाओवादी केन्द्रका नेताहरुको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादी केन्द्रको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताले सांसद पदमा पुनर्बहालीको माग दावीसहित सर्वाेच्चमा रिट दयार गरेका थिए ।

माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि प्रतिनिधि सभा सदस्य पदबाट हटाइएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौरधीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उनीहरूको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्ख्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार