५ असोज २०७८, मंगलबार

एमालेमा ९ विभाग गठन : क-कसले पाए जिम्मेवारी ?

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १८:३०

काठमाडौं।  नेकपा एमालेको स्थायी कमिटी बैठक सकीएको छ । २४ गते केन्द्रिय कमिटी बैठक बस्ने गरि सकिएको छ ।

बैठकमा  नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमुख र उपप्रमुख चयन गरिसकेको छ ।

ती विभागमा केही सदस्य मनोनित भएका छन् भने माधव पक्ष फर्केर आउँदा समेट्ने गरि केही सदस्य खोली राखिएको छ । एमालेको स्कूल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने संगठन विभाग प्रमुख बिष्णु पौडेल छन् ।

पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ । एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार