५ असोज २०७८, मंगलबार

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ४ को मृत्यु

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १७:५७

एजेन्सी । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ । हेलिकप्टररमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ । यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार