५ असोज २०७८, मंगलबार

थप ३ हजार १२५ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १७:०१

काठमाडौं। नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टीजेनमार्फत ३१ सय ९८ र पीसीआरमार्फत १० हजार ६ सय  १३ गरी कुल १३ हजार ८ सय ११ जनामा गरिएको नमुना परीक्षणका क्रममा उनीहरुमा संक्रमण फेला परेको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ६२ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार