६ असोज २०७८, बुधबार

डा. गौतम कोभिड युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १६:०७

काठमाडौं।सरकारले डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय जिम्मेवारीबाट हटाएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा. गौतमलाई हटाएको मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले जानकारी दिएका हुन् ।

पोख्रेलका अनुसार उनलाई थापाथलीस्थति प्रश्रुती गृहमा सरुवा गरिएको छ । डा. गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक डाक्टर मरासिनीलाई नियुक्त गरिएको हो।

अस्पतालमा कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप उनीमाथि लागेको छ ।

डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । यसअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको रुपमा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार