५ असोज २०७८, मंगलबार

जापानको थप चार शहरमा सङ्कटकाल घोषणा

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १५:५५

ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ ।

यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् ।

सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ ।
जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार