६ असोज २०७८, बुधबार

टोकियो ओलम्पिक : पुरुष हाइजम्पमा दुई खेलाडीलाई स्वर्ण

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १२:२६

काठमाडौं । टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । जापानमा जारी ओलम्पिकमा एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन् । यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार थिए । सन् १९१२ पछि एकै स्पर्धामा दुई खेलाडीले पहिलो पटक पदक जितेका हुन् ।

यो समयमा बेलारुसका माक्सिम नेदसेकाउले २.३९ मिटर उचाई पार गर्दै कास्य पदक जिते । आजको स्पर्धामा खेलाडीहरुले २ घण्टासम्म प्रस्तिस्पर्धा गरेका थिए । दुबै खेलाडीले पुरानो रेकर्ड तोड्ने प्रयास गरे पनि सकेका भने थिएनन् ।

त्यसपछि दुबै खेलाडीले स्वर्ण पदक बाड्ने निर्णय गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार