६ असोज २०७८, बुधबार

सिरियामा नयाँ मन्त्रिपरिषद् गठन गर्न राष्ट्रपतिको आह्वान

लेखाजोखा न्यूज
१७ साउन २०७८, आइतबार १९:१८

एजेन्सी ।  सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गरेका हुन ।

गत मे महिनामा भएको निर्वाचनमा उनि फेरि राष्ट्रपतिका लागि निर्वाचित भएको घोषणा गरिएको थियो ।

राष्ट्रपति असदले गत अगस्टमा अर्नौसलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन् २०२० को जुनमा बर्खास्त गरी राष्ट्रपति असदले अर्नौसलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । ।

मध्यपूर्वको सङ्कटग्रस्त मुलुक सिरियामा नयाँ मन्त्रिपरिषद् गठन भएसँगै सङ्कट समाधान हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बन्नु अघि अर्नौसले जलस्रोत मन्त्रीका रुपमा पनि काम गरिसकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार