५ असोज २०७८, मंगलबार

अर्थ मन्त्रालयको स्पष्टीकरणप्रति धितोपत्र युनियनको आपत्ति

लेखाजोखा न्यूज
१७ साउन २०७८, आइतबार १२:१३

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको नाममा सोधेको स्पष्टीकरणप्रति बोर्ड कर्मचारी युनियनले आपत्ति जनाएको छ । बोर्ड कर्मचारी युनियनले अर्थ मन्त्रालयले सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पूरै संस्थालाई मुछेर स्पष्टीकरण सोधिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाको छोरीको नाममा ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टमा लगानी रहेको तथ्य बाहिरिएपछि अर्थ मन्त्रालयले बोर्डको नाममा स्पष्टीकरण सोधेको थियो ।

कुनै एक पदाधिकारीले पदीय मर्यादाविपरीतको कार्य गर्दा सिंगो संस्थालाई नै मुछ्नु गलत भएको धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी युनियनले उक्त कार्यमा संलग्नलाई छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार