६ असोज २०७८, बुधबार

राष्ट्रभक्ती गीत

लेखाजोखा न्यूज
१६ साउन २०७८, शनिबार १९:०५
म त खोली तर्दिन भो छिमेकीले तुइन काट्छ
सुस्ता लुट्छ,बाँध खोल्छ हाम्रो खुशीं किन काट्छ?
दुईटा ढुङ्गा बिचको तरुल कैले फुल्ला कैले फल्ला?
दक्षिण लाग्दा भारत ले उत्तर लाग्दा चीन काट्छ।।

लिपुलेकमा दाह्रा गाड्यों,यो छातीमा आरा गाड्यों
रोटी बेटी सम्बन्ध छ भन्दै फेरि नारा छाड्यों
सगरमाथा नांप्छु भन्छ ,कहिले भन्छ रारा
बुझ्न गाह्रो छिमेकीको द्रुस्ट , गिद्दे पारा

लुम्बिनिमा पापी नजर लाउछ बेला बेला
बुद्द उतै जन्में भन्दै खबर आउँछ बेला बेला
फाल्दैं गरौं उदिनमा खुकुरीको खिया
छाती माथी टेक्नेंलाई पारौ छिंया छिंया