६ असोज २०७८, बुधबार

राजनीतिक व्यापारी र डनवाद

लेखाजोखा न्यूज
१४ साउन २०७८, बिहिबार १०:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राजनीतिक व्यापारीको सीप देश विकासमा लगाउन लागि आफ्नो धारणा अगाडि सारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा शैक्षिक तथा स्वास्थ्य क्षेत्रका नयाँ ‘व्यवसायी’ उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सुरु भएको बहसलाई लक्षित गर्दै उनले यस्तो विचार सार्वजनिक गरेका हुन् । विहीबार विहान सामाजिक सञ्जालमा स्टाटस लेखेर राजनीतिक व्यापारी र डनवाद शीर्षमा विचार सार्वजनिक गरेका हुन् ।

लोहनीको स्टाटस : राजनीतिक व्यापारी र डनवाद

व्यापारी लाइ मन्त्री वनाउनै हुँदैन भन्ने तर्क पनि ठीक होइन। यथार्थ के छ भने अधिकांश नेपालका राजनीतिज्ञहरु सत्ता दुरुपयोग गरि जति सकिन्छ वढी पैसा कमाउन कस्सिएका व्यापारी हुन्। यो कुरा उनहिरुको सम्पति,उनीहरुको वार्षिक आम्दानिको श्रोत र उनीहरुले तिरेको करको रेकर्ड हेरे तुरुन्त थाहा हुन्छ।अव अरवौ खुला व्यापार गर्ने व्यवसायीहरु हामीलाइ पनि सत्ता चाहियो भन्न थालेका छन्।

उनीहरु सँग भएको सिपको राष्ट्रले उपयोग गर्न सके ठीकै हो तर यस्का लागि निम्न कुराहरुमा ध्यान पुराउनु पर्छ। आफूलाइ ठुला औधोगिक घराना भन्ने ठुला व्यापारी लगायत सवै खुला व्यापारीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कुन कम्पनीमा काहा, कति लगानी र सम्पत्ति छ लगानीमा पार्टी नेताहरूको हिस्सा छ, छैन भन्ने सुचना लगायत आफूले कमायको सम्पतिको श्रोत सार्वजनिक गर्नु पर्छ।

पदमा रहुन्जेल खुला व्यापारी मन्त्रीहरुले आफ्नो सवै व्यापारीक स्वार्थबाट अलग भएको सुनिश्चितता गर्नुपर्छ र यसको लागि अविलम्ब आवश्यक कानुन सरकारले वनाइ लागु गर्नु पर्छ।

कतिपय विकासउन्मुख र विकसित देशहरूमा समेत अर्वपतिहरु सत्तामा जान वा मन्त्री हुन हतार गर्दैनन् या चाहँदैनन् किनभने आफ्नो व्यापारको धेरै कुरा खुलाउन पर्छ र विवादमा परिन्छ।

नेपालमा पनि केहि ठूला घरानाहरुले यो कुरा वुझेका छन् र सकेसम्म आफू राजनीतिमा देखा परेका छैनन्। तर नेपालमै एकथरि ठुला व्यापारी घरानाहरुको वढदो प्रत्यक्ष राजनैतिक प्रभावका कारण व्यापारीहरुलाई नेपालको जुनसुकै नेतासँग या जुनसुकै निकायमा पनि सेटिङ मिलाउन सकिन्छ भन्ने विश्वास वढेको छ। यो कुरा जनताले चाडै वुझ्नु जरुरि छ नत्र भने लुकेका राजनीतिक व्यापारी र खुला व्यापारी राजनीतिज्ञको डवल दोहनमा देश पर्न सक्छ।

पत्रकार विजय कुमारले मसँग भनेका थिए । यो एक्काइसौं सताप्द्धी वैश्य युग हो। कुरो ठिक हो तर आम जनताको हितसँग नियमन र नियन्त्रण को संरचना संग नजोडियको वैश्ययुग जंगलयुगमा रुपान्तरित हुन गाहारो छैन।

विसौ सताप्द्धीको सुरुमा यो प्रवृत्ति प्रष्ट रुपमा अमेरिकामा देखियको थियो। त्यसैले ठूला व्यापारी र ठूला राजनीतिज्ञ बीचको वडो ठूलो संघर्षपछि केही समय लाइ नियन्त्रण गरियो।

नेपाल को सन्दर्भमा ठुला दलका नेतामा डन हुने चाहाना छ । अनि अर्थतन्त्रका नया व्यापारीक डन निस्कँदै छन् । यी दुर्इ डन समूहबीच एक अर्कालाई कानुनको उपेक्षा गरेर पनि संरक्षण गर्ने संस्कृति बढेर जाने देखिन्छ। गएको सरकारले यो दिशामा नया किर्तिमान नै स्थापित गरेको थियो।

यस्ता प्रवृत्तिमा नियन्त्रण र नियमन गर्न संवैधानिक निकायहरुमा भागवन्डाको संस्कार छोडेर निस्पक्षता र उत्कृष्टताको मापदण्ड लागु गर्ने र जनस्तरमा निरन्तर सजगता नअपनाउने हो भने नेपाल समाजवाद उन्मुख नभयर पार्टीका डन र व्यापारीक डन उन्मुख डनवाद देशमा रुपान्तरण हुनेछ। यस क्रममा जनताको आक्रोस लाइ नजर अन्दाज गर्नु अर्को ठूलो भुल हुने निश्चित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार