५ असोज २०७८, मंगलबार

उखान अंकल लड्नु भो !

लेखाजोखा न्यूज
९ साउन २०७८, शनिबार ०८:३०

उखान अंकल लड्नु भो ! बालुवाटारको बालुवामै चिप्लेर लड्नु भो ! हल्लखल्ल भो ! सबै भेला भए ! एउटाले हत्तपत्त तुलसीमठ छेउ पुर्यायो ! अर्को पानीको लोटा मुखमा जोड्न पुग्यो ! कोहि राम नाम जप्न तिर लागे ! लाग्यो कि बा सिद्धिनु भो ! बस्नेत काजी फुत्त अगाडि आएर बम्किनु भो – के गरेको यस्तो ? बा बित्नु भको हो र ?

लड्नु मात्र भको हो ! तीस दिनपछि फेरि उठ्नुहुन्छ ! तन्दुरुस्त हुनुहुन्छ ! गाडीमा हालेर बालकोट गफिङ्ग अस्पताल तिर कुदाईयो ! भाङ्ग्रे भिड ( स्व. शिव अधिकारिको शब्द) पछिपछि दौडियो ! कोटेश्वर आसपास पुगेपछि हल्का आँखा उघार्नु भो ! के भो बा ? छेउमा बसेर पंखा हम्किदै गरेको अरिङ्गालले सोध्यो ! झण्डै लडें नि ! लौ मारो ! उखान अंकल अझै उखानमै मस्त !! लडेर सिलटिम्बुर नजीक पुग्दा समेत झण्डै रे !

गाडी बाट उत्रीनासाथ बरण्डामा पुगेर चिच्याउन थाल्नु भो – यो माकुनेले मलाई चानचुने ठान्या होला ! म त्यसलाई तिनकुने बनाईदिन्छु ! मेरो कुर्सी खोस्ने त्यो लठ्यौरोलाई पनि डडेल्धुराको रोटा खाने बनाईदिन्छु ! त्यो जंगलीलाई पनि छोड्दिन ! सत्यानास !! ‌ बा लाई ठुलै ब्यथाले च्यापेजस्तो छ ! दरै उपचार चाहिएजस्तो छ !! भाङ्ग्रे भिड सल्लाहमा जुट्यो ! कता लाने ? कसरी लाने ? ‌नेपालाँ हुन्न ! ईण्डे लानुपर्छ ईण्डे !!

एउटा बोल्यो ! ‌ईण्डे हुन्न ! त्याँ हाम्रा बिरोधि छन ! अम्रीकान लानुपर्छ !! अर्को गाउँले को सल्लाह !! ‌बिचमा निरास स्वरमा थापा काजी बोले – पहिले पो आफ्नै हातमा डाडु पुन्यौ थियोे जता लगेपनी हुन्थ्यो ! अब त आफ्नै खर्च हुने हो ! मुस्किल छ ! ‌बस्नेत काजीले उपाय लाए – गोकुल जि , बिष्णु जी लाई फोन लाउनुस त ! निकाल्छ्न कि ? उसबेला बा ले निकै गर्या हो तिन्लाई !! गोकुलसंग त सत्तरी छ नि ! ‌फोन लाईयो गोकुल जी लाई ! ‌बस्नेत तिर फर्केर थापा जि बोले – स्विच आफ ! ‌बा लड्ने बित्तिकै साँगा भञ्ज्याङ् बाट पुर्व लाग्दैथे उनी त !

एउटाले जानकारी दियो ! ‌बिष्णु जी लाई लाउनुस ! बालुवाटार बेचेरै भए नि गर्नु त पर्यो नि ! फोन लाईयो – सम्पर्क हुन सकेन !!! ‌ईश्वर जी लाई ? ‌अघि नै गरेको ! भाउजुले फोन उठाउनु भकोथ्यो ! उहाँ टेन्की भित्र पसेर खै के गर्दैहुनुहुन्छ पछि गर्न लाउछु भन्नुहुन्थ्यो ! अहिलेसम्म अत्तोपत्तो छैन ! ‌एस्तै हो ! बैंसमा सबै पोइ , मर्ने बेला कोई न कोई !! थाप्लामा हात लाउदै आन्टी बिरक्तिनु भो ! ‌म्हीप तक किर्ना थे तासे जुई पि थौ होते दुवा वन , भाटे त !! नेवारीमा हल्का गाली पस्किनु भो ! ‌बिर अस्पताल लाने सल्लाह भो ! उतै कुदाईयो ! ‌डाक्टरले जाच्न थाले ! टर्च लाईट बालेर आँखा च्यातेर हेरे ! पेट छामे हात गोडा तन्काए ! ‌जिब्रो देखाउनुस त बा ! ‌जिब्रो देखेर डाक्टर गम्भीर भए !

‌कुन डाक्टरले हेरेको थियो ? कुन औषधि ख्वाको थियो ? ‌बस्नेतले थापा देखाए थापाले बस्नेत ! ‌तपाईंहरु दुबै फटाहा हो ! सधैं यति नजिक बस्नेले यस्तो गलत औषधि ख्वाउने हो ? हेर्नुस त जिब्रो ! सुन्निएर झापाको राँगाको जत्रो भको छ ! प्रेसर बढेर १९३ पुगेको बृद्धलाई दम्भको औषधि दिनै नहुने ! दम्भको ओभरडोजको नतिजा हो यो ! अहिले प्रेसर ८३ मा झरेको छ ! उमेर र बेहोरा अनुसार ठिक छ !

‌दुबै केही बोलेनन ! चुपचाप सुनी मात्र रहे ! डाक्टर आफ्नै सुरमा बोल्दै रहे – दम्भको ओभरडोज बाट सुन्निएको जिब्रोलाई आराम दिनुपर्नेमा धेर बोल्दा त्यसको असर शरीरको माथिल्लो भागमा समेत परेको छ ! लगभग ड्यामेज नै भैसकेको छ ! अब पनि जिब्रोलाई आराम नदिएर यस्तै ताल देखाउने हो भने पाटन अस्पताल लानुस ! हामी सक्दैनौं !! ‌दुबैले बुझेको भावमा टाउको हल्लाए ! मुखामुख गरे !! ‌आत्तिनु पर्दैन ! घर लानुस आराम गर्न दिनुस ! ठिक हुन्छ ! ‌अंकल घर त आउनु भो नि ! बाँदर सेनाले आराम दिन्थे र ?

काठमाडौका गल्लीमा नाटक देखाउन थालिहाले ! उचाल्ने क्रेन बस्नेत र थापा छदैथिए ! बिचमा उखान अंकललाई राखेर उचाल्न थाले – बुझ्नु भो बा !! तपाईंलाई कुर्सी बाट लडाएर यो हालतमा पुर्याउनेलाई यसै छोड्नु हुन्न ! ‌उखान अंकलले – के गर्ने त ? भन्ने भावमा हेरेपछी थापा काजिको सर्बोच्चमा मुद्धा ठोक्नुपर्ने रायमा बस्नेतले समेत सहमति जनाएपछी अंकलको मुहारमा चमक देखियो !! ‌मुद्धा सर्बोच्च पुग्यो – आफुलाई लडाउने उपर हदैसम्मको सजायको माग सहित ! देउवा , माकुने , प्रचण्ड विपक्षी बनाईए ! दुबै पक्ष बोलाईयो !

बहसकै क्रममा न्यायाधीशले सोध्नुभो – बा ! सत्य साचो भन्नुस ! तपाईं लाई कसले लडाएको हो ? उखान अंकल अल्मलिनु भो ! कस्लाई देखाउनु ? कस्ले लडायो भन्नू ? देब्रे दाहिने बसेका बस्नेत र थापाले बा लाई चिमोटे !! उखान अंकलले देउवा तिर चोर औलो तेर्स्याईदिनु भो ! हत्तपत्त बस्नेतले आँखा सन्काए ! औलो माकुने तिर घुम्यो ! केहि बेरमै औलो प्रचण्ड तिर सोझियो !! न्यायाधीश आजित भएर बोल्नु भो – किटानी साथ भन्नुस कस्ले लडाएको हो ? ‌अंकलले औलो न्यायाधीश तिरै घुमाईदिनु भो !!! ‌सक्किएछन बाबै !!

न्यायाधीशले मनमनै सोच्नु भो अनि फैसला लेख्न थाल्नु भो – ‌पक्ष विपक्षको बहस सुनी उपलब्ध कागजका आधारमा उखान उर्फ बा ले किटानी गर्न नसकी दोचारे कुरा गरेकोले तथा अस्पतालको रिपोर्टका आधारमा भन्नुपर्दा हाई प्रेसरका बेला दम्भको ओभरडोज बाट जिब्रोको संक्रमणले शरिरको टुप्पोमा समेत चोट पुगेको पुष्टि भएकोले उहाँको आरोप निराधार ठहर्छ ! कहिले गद्दार भन्ने त कहिले दोस्रो अध्यक्ष भन्दै आममाफीको ऐलान गर्दै डाक्टरको सल्लाह नमानी यस्तै उपद्रो गर्दै बाँदर नाच देखाउदै हिंड्ने हो भने अदालतले पनि पाटन अस्पताल नै सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्था आउने देखिन्छ !

प्रधानमन्त्रीको कुर्सीमा बसेर यतिका दिनसम्म ठट्टामै ‌मुलुकको समय बर्बाद गरेकोमा नसिहत दिदै यस्ता हावा मुद्धा लिएर मुलुकको समय बर्बाद गरेझैं अदालतको समय बर्बाद नगर्न समेत चेतावनी दिईन्छ ! ‌निचोडमा भन्नुपर्दा उहाँको कुर्सी हरणको मुल कारक तत्व अरु कोहि नभएर उहाँकै जिब्रो र गिदि हो भन्ने अदालतको ठहर छ।