एसएसपी सौरभ राणा डीआईजीमा बढुवा सिफारिस

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार २१:१३

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरिएको जनाएको छ।

यस्तै, बढुवा समितिले प्राविधिकतर्फ स्वास्थ्य उपसमूह अन्तर्गत प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि रामेश्वर अधिकारीलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । गौतमबद्द अन्तर्राष्ट्रिय विमास्थलमा कार्यरुत राणालाई संघिय प्रहरी इकाई कार्यालय धरानमा रहँदा एकजना महिलाले बलात्कार गरेको अरोप लगाएका थिइन् । सो मुद्दामा राणाले सफाई पाएका छन् ।