प्रधानमन्त्रीलाई जापानी राजदूतको वचन: १६ लाख खोप चाँडै आउछ

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १८:२१

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगि देउवालाई भेट गरेका हुन्।

भेटका अवसरमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिए। राजदूत किकुटाले प्रधानमन्त्री देउवालाई मायाको चिनो पनि प्रदान गरे।

जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप १६ लाख डोज दिने घोषणा गरिसकेको छ।

No description available.