माधव समूहले बनायो ‘पिपुल्स भोलेन्टियर’

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १७:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समुह निकट युवा संघले पिपुल्स भोलेन्टियर गठन गरेको छ। बिहिवार शिव श्रेष्ठको संयोजकत्वमा ‘पिपुल्स भोलेन्टियर’ नामक युवा दस्ता घोषणा गरिएको हो ।

भक्तपुरस्थित थापा पार्टी प्यालेसमा भएको युवा संघको भेलाबाट श्रेष्ठको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिएकाे हो ।

श्रेष्ठ युवा संघ नेपालको सचिवालय सदस्य हुन् । पिपुल्स भोलेन्टियरको सचिवमा मनोज खत्री चयन भएका छन् । युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई इञ्चार्ज तोकिएको संघकाे उपाध्यक्ष नितेश पौडेलले बताए । भेलालाई एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्दै पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँँताएपछि वरिष्ठ नेता नेपाल निकट युवा संघले पनि पिपुल्स भोलेन्टियर घोषणा गरेको हो । प्रवक्ता राईका अनुसार भेलामा संघका केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा प्रतिनिधि सहभागि थिए ।