नेपाल समूहले गर्‍यो ‘पिपुल्स भोलन्टियर’ गठन

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १६:५८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूहले ‘पिपुल्स भोलेन्टियर’ गठन गरेको छ। भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ गठनको घोषणा गरेका हुन्।

शिव श्रेष्ठलाई ‘पिपुल्स भोलेन्टियर’ को प्रमुख बनाइएको छ। सचिवमा मनोज खत्री राखिएको छ। १ हजार १ सदस्यीय भोलन्टियर कमिटी नेपालनिकट युवा संघ नेपाल मातहत रहने छ।