पछिल्लो २४ घण्टामा देशभर थपिए २ हजार ७ सय १४ जना कोरोना संक्रमित

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षण गर्दा ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ।

गत २४ घण्टामा १ हजार २ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ३ सय ७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।