कोरोनाको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १६:१३

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्। मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध समेत गरेको छ।

तेस्रो लहर आएर भयावह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन अनुरोध गरिएको बिज्ञप्तिमा जनाईएको छ। अहिले नेपालमा गत चैतको दोस्रो सातादेखि कोरोना दोस्रो लहरको संक्रमण छ। नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४ सय ५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै ६ लाख ३६ हजार ४ सय २ जना निको भई घर फर्किएका र ९ हजार ६ सय ३७ जनाको सङ्क्रमणका कारण निधन भइसकेको पनि मन्त्रालयले जनाएको छ।

No description available.