चितवनमा मृतअवस्थामा भेटिएका युवकको पहिचान खुल्याे

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १६:०५

काठमाडाैं । चितवनको भरतपुरमा टाउकोमा गोली लागेका युवकको पहिचान खुलेको छ । मृतअवस्थामा भेटिएका ति पुरुष धादिङ निलकण्ठ नगरपालिका घर भई  नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत  ३६  बर्षिय भरत गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेका उनी मृतावस्थामा भेटिएका थिए ।

उनको टाउकोमा गोली लागेको घटनास्थल नजिकै रगत र गोलीको खोकासमेत भेटिएको छ । बिहान बाटोमा हिड्नेहरुले घटना थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए ।

शवको अहिले मुचुल्का उठाई पोष्ट मार्टमको लागी भरतपुर अस्पताल ल्याईएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।