माधव नेपालले गल्ती हैन अपराध गरे : बादल

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १५:५१

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीमा माधव नेपालले गल्ती नभई अपराध गरेको आरोप लगाएका छन्।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बादलले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता नेपालले अपराध गरेको आरोप लगाएका हुन्।

नेपालको नाम नलिई उनले भने, ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्ने, पार्टीका कमरेडले गल्ती गर्नुभएको हैन अपराध नै गर्नुभएको छ ।’ उनले सर्वोच्च अदालतको परमादेशले देशमा निर्दलीय सरकार बनेको आरोप समेत लगाए।